पत्ति भाँचिदा बिरिङमा बस दुर्घटना : झापा प्रहरी
घाईते भएकाहरुको नामावलीसहित
बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिकास्थित बिरिङ पुलमा पत्ति भाँचिदा बस दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सब पौडेल रहेका छन् । उनी देवी मावि बिर्तामोडका विधार्थी हुन् । अध्ययन सकेर घर फर्किने क्रममा पौडेल सोही बस दुर्घटनामा परेका हुन् ।
झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा पत्ति भाँचिएर बस दुर्घटना भएको झापा प्रहरीले जनाएको छ । पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस पत्ति भाँचिदा अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो । घाईते भएकाहरुमध्ये ११ जनाको बी एण्ड सी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत घाईतेहरुको नामावली
१) ईलाम माई नपा. ७ बस्ने वर्ष ३४ की बिमला लिम्बु (नाक र शरीरमा भित्री चोट)
२)ऐ. बस्नेनिजकी आमा वर्ष ४९ की रत्न माया राई (शरीरमा सामान्य चोट)
३)ऐ.ऐ. ४ बस्ने वर्ष३७ की कमला शेर्पा (शरीरमा सामान्य चोट)
४)ऐ.ऐ. बस्ने निजकी छोरी बर्ष७ की ईसु शेर्पा (शरीरमा सामान्य चोट)
५)जि.झापा कन्काई नपा८ बस्ने वर्ष२८ की दिपा गिरी ( टाउकोमा चोट)
६)जि.सुनसरी बराहक्षेत्र नपा ९ बस्ने वर्ष ३७ की निशा चौहान ( टाउकोमा चोट)
७)जि.मोरङ पथरीशनिश्चरे नपा. १ बस्ने वर्ष ६० की मन माँया श्रेष्ठ ( बायाँ हातमा चोट)
८)ऐ.ऐ. बस्ने वर्ष ३५ को डिक ब. श्रेष्ठ (सामान्य )
९)ऐ.ऐ. बस्ने वर्ष ४० की अम्बिका श्रेष्ठ ( सामान्य )
१०)जि. झापा बुद्धशान्ती गा.पा.४ बस्ने वर्ष ६० को नर ब. दर्जी (सामान्य )
११)ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष५८ की डम्बर कुमारी दर्जी ( सामान्य )
बिर्तासिटी अस्पताल बिर्तामोड उपचाररत घाइते
१) तत्काल नामथर वतन नखुलेको वर्ष २५ को पुरुष मानिसको उपचारको क्रममा ऐ. १३ः३० बजे मृत्यु भएको लास सोही अस्पतालमा रहेको ।
२) जि.झापा अर्जुनधारा नपा११ बस्ने वर्ष३८ की सुसिला चापागाई( दाहिने हातको कुईनामा चोट)
३) जि.झापा बिर्तामोड नपा.५ बस्ने वर्ष ४१ की पबित्रा खतिवडा नेपाल (टाउको,दाहिने हात र बायाँ खुट्टामा चोट)
४) देश भारत सिलिगुडी बस्ने वर्ष४७ को बबलु बर्मन ( छाती र नाकमा चोट)
५) ऐ.ऐ. बस्ने वर्ष३३ की मालती बर्मन ( टाउको र हातमा चोट, अवस्था सामान्य )
६ ) जि.झापा शिवसताक्षी नपा१० बस्ने वर्ष२४ की जानुका श्रेष्ठ ( दाहिने खुट्टा र दुबै कुममा चोट)
७)जि.ईलाम माई नपा७ बस्ने वर्ष १७ की तनुजा लिम्बु (टाउकोमा चोट)
८) देश भारत आसाम बस्ने वर्ष २८ की ईन्दिरा गिरी (टाउको र खुट्टामा चोट)
९) ऐ.ऐ. बस्ने निजकी बहिनी वर्ष२१ की बिन्दु गिरी (टाउको र खुट्टामा चोट)
१०) जि.झापा अर्जुनधारा नपा५ बस्ने वर्ष४८ को बाल कृष्ण अधिकारी ( टाउको,खुट्टा र कम्मरमा चोट)
११) बसको सह चालक ः–जि.सुनसरी रामधुनी नपा६ बस्ने वर्ष २५ को करण चौधरी (दाहिने खुट्टामा चोट )
१२) बसको सह चालकः– जि. सुनसरी बराहक्षेत्र नपा३ बस्ने वर्ष २४ को रमेश कार्की (दाहिने हात र खुट्टामा चोट)