बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडमा जलका बारेमा सहजीकरण

बिर्तामोड । झापाको बिर्तामोडमा जल पाइपका बारेमा सहजीकरण गरिएको छ । झापासहित पूर्वका बजारमा माग बढ्दै गएपछि पाइपको गुणस्तरका बारेमा टेक्निसियनहरुलाई जानकारी गराइएको हो ।

बिर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आयोजित कार्यक्रममा महालक्ष्मी वाइर एण्ड केवल इन्डष्ट्रिजको जल प्रोडक्टका बारेमा आवश्यक सहजीकरण गरिएको हो । सो कार्यक्रममा जलका बजार व्यवस्थापक राहुल गुप्ताले प्रोडक्टका बारेमा जानकारी गराएका थिए ।

झापाका विक्रेता श्याम श्रीवास्तवले झापामा लज जलमय भएको बताएका छन् । उनले हरेक परिवारको रोजाई बन्दै गएकाले यसको प्रयोगमा कुनै चिन्ता नगर्न आग्रह गरे । यस्तै, प्लम्बर्सका अध्यक्ष दिपेश धिमालले जल गुणस्तर भएकै कारण सबै सन्तुष्ट भएको बताए ।
कार्यक्रममा गरिमा मल्टिप्रपोजका कपिलमणि मैनाली, बजार व्यवस्थापक घनश्याम नेपाल, कम्पनीका प्रतिनिधि मनोज राजवंशी लगायतले जल सबैको पहिलो रोजाई भएको बताएका थिए ।

प्रकाशित मिति : पुष २७, २०७८ मंगलबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]