बैशाख ७, २०८१ शुक्रबार

एमाले झापाको अधिवेशन : मतदानको पर्खाइले थाके प्रतिनिधि

बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि आज विहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान ४ बज्दा पनि शुरु हुन सकेको छैन । २३ गते उद्घाटन भएको जिल्ला अधिवेशनले एक सातासम्म सहमति जुटाउन नसकेपछि केहि पद्मा निर्वाचन गर्ने सहमति भएको हो ।

निर्वाचन कमिटीका अनुसार खुल्ला हल सदस्यमा १९ जनाका लागि मतदान हुने भएको छ । १९ जनाका लागि ५३ जनाको उम्मेद्वारी परेको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (क) को खुल्ला सदस्य पद्मा निर्वाचन हुने भएको छ । त्यसमा १ जनाका लागि ३ जना उम्मेद्वार बनेका छन् । मेचीनगरको खुल्ला सदस्य पद्मा २ जनाका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् । सो पद्मा पनि निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार आदिवासी जनजाति खुल्ला सदस्यमा २६ जनाको उम्मेद्वारी परेको छ । ६ जना निर्वाचित गर्न मतदान हुने भएको छ ।

यस्तै, युवा, विधार्थी र खेलकुदमा २ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सोही पद्हरुमा निर्वाचनको तयारी गरिएको छ ।
बिर्तामोडको रामचोकस्थित हिमाल सागर रिसोर्टमा मतदान गर्न प्रतिनिधिहरुलाई विहानै बोलाइएको थियो । निर्वाचन समितिले प्राविधिक समस्याका कारण समयमै मतदान गर्न सकिरहेको छैन । समाचार तयार गर्दासम्म निर्वाचन शुरु भएको छैन । निर्वाचन समितिका एक सदस्यले भने, अब एक घण्टापछि शुरु गर्ने तयारी छ ।

निर्वाचनमा सहभागी प्रतिनिधिहरु मतदानको लागि व्यग्र प्रतिक्षामा बसेका छन् । बिहीवार साँझसम्म निर्वाचनको टुङ्गो नहुँदा उम्मेद्वारहरु भोट माग्नु नपर्ने भन्दै बसेका थिए । अकास्मात निर्वाचन हुने सूचना भएपछि उम्मेद्वारहरु मतदानस्थलमा प्रतिनिधिसँग भोट माग्न पनि व्यवस्त बनेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी झापाको १५० सदस्यीय कमिटीमा पदाधिकारसहित १२० जना यसअघि नै सर्वसम्मत भइसकेका छन् । ३० जनाका लागि मतदान हुने अन्तिम तयारी भइरहेको छ ।

प्रकाशित मिति : पुष ३०, २०७८ शुक्रबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]