बैशाख ७, २०८१ शुक्रबार

आफ्नो ज्यान आफै जोगाऔं

सम्पादकीय

एक जना पत्रकारले सामाजिक सञ्जालमा लेखे– कोरोनाको पहिलो र दोस्रो लहर पार लगाएको थिए । अहिले सामान्य मानेकै कारण संक्रमण भयो । अर्थात, कोरोना संक्रमणको भोगाई नभएकै कारण लापरबाही भएको रहेछ । कोरोना संक्रमण भएका हरेक व्यक्तिलाई यसको डर छ । बेलाबेला अक्सिजन कमि हुनु, जिउ कक्रक्क्ै हुनु, ज्वरोले थामिन नसक्नु अत्यन्तै पीडायक हुन्छ । कोरोना संक्रमण भइसकेका व्यक्तिहरुलाई पक्कै यसको भोगाइ छ । आफ्नै जीवनमा कोरोना आइपर्दा बाँचिन्न कि भनिनेहरु पनि छन् । तर, अझै पनि कोरोनाबाट सुरक्षित हुन सचेत भएको पाइदैन ।

मंगलवार एकैदिन देशभर १० हजारलाई कोरोना संक्रमण भयो । कोरोना परीक्षणको ४५ प्रतिशतमा संक्रमण पुष्टि भयो । स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन नगर्ने भन्दै विज्ञप्ति सार्वजनिक गरेको छ । देशको अर्थतन्त्रमा प्रभाव पर्ने डरका कारण लकडाउन नगर्ने मन्त्रालयको भनाई छ । अहिले अर्थतन्त्र जोगाउने कि नागरिकको जीवन जोगाउने ? स्वास्थ्य मन्त्रालयले सोच्नैपर्छ । नागरिकको जीवन नै जोगिएन भने अर्थतन्त्र जोगाइरहनुले के अर्थ राख्छ र ? यसैले अहिलेको प्राथमिकतालाई ख्याल गर्न आवश्यक छ ।

हरेक दिन कोरोना संक्रमणको दर बढिरहेको छ । झापामा दैनिक १ सय माथि उकालो लाग्न थालेको छ । स्वास्थ्य मन्त्रालय लकडाउन नगर्ने भन्दैछ । मानवीय चहलपहललाई तत्काल कम नगर्ने हो भने तेस्रो लहरले अप्रत्यासित क्षति गर्न सक्छ । अहिले संक्रमित भएकाहरुको बारेमा बाहिर चर्चा नभएको मात्र हो, अब मन्त्रालयकै भनाइलाई आधार मान्ने हो भने माघको दोस्रो र तेस्रो साता संक्रमण डरलाग्दो हुन्छ । यसैले सरकार आम नागरिकको जीवन जोगाउने पक्षमा देखिएन । अब, यि सबै परिस्थितिलाई ख्याल गरेर आफ्नो ज्यान आफै जोगाउन पर्छ । आफ््नो ज्यान जोगाउने सन्दर्भमा अरुको भर परेमा दुर्घटना आइपर्न सक्छ । पहिले जीवन जोगाऔं ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]