जेष्ठ २७, २०८२ सोमबार

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौं – कोभिड १९ पोजिटिभ भएर घरमै आइसोलेसनमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सामान्य छ ।

अध्यक्ष ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह राजभण्डारीका अनुसार अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै बदलाव आएको छैन । ‘उहाँ पोजिटिभ हुनुअघिकै अवस्थामा सामान्य हुनुहुन्छ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीसहित र प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यमा कोभिड पोजिटिभ देखिएको छ ।अस्ती सचिवालयका कर्मचारी र सुरक्षाकर्मी सहित २१ जनाको स्वाव परीक्षण गर्दा १६ जनाको पोजेटिभ आएको बालकोट स्रोतले जानकारी दिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोभिड पोजिटिभ देखिएपछि आइतबार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गर्दै अध्यक्ष ओलीले समसामयिक विषयमा आफ्नो धारणा बक्तव्यमार्फत सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]