बैशाख १२, २०८१ बुधबार

असारभित्र सक्नुपर्ने पुलको हालत

बिर्तामोड । झापाको शिवसताक्षी – १० भालु खोलामा निर्माणाधिन पुल अलपत्र परेको छ । पुल सम्पन्न गर्ने जिम्मा पाएको मैनाचुली जेभी दमकले ०७९ असारसम्म काम सक्ने सम्झौता गरेको थियो ।

०७७ बैशाखमा प्रदेश सरकारले टेण्डर गरेर निर्माण शुरु गरेको पुल निर्माणको सम्झौता सकिन ३ महिना मात्रै बाँकी छ । सो वडाका वडाध्यक्ष कर्ण बहादुर थापाले पुल निर्माणको काम अलपत्र पारेपछि निर्माणका लागि दवाव दिइरहेको बताए । उनले निर्माण व्यवसायीलाई पटक–पटक पुल निर्माण सम्पन्न गर्न ताकेदा गरिरहेको बताएका छन् ।

मैनाचुलीले ३ करोड ४१ लाख ३३ हजार २१९ रुपैयाँमा ठेक्का पाएको पुल अलपत्र छ । निर्माण कम्पनीका प्रतिनिधि रमेश अधिकारीले बजेट अभावका कारण काम रोकिएको जानकारी दिए । उनले पहिलो चरणको काम सकिदा ६२ लाख भुक्तानी पाएको र त्यसपछिको ८० लाख भुक्तानी नपाएका कारण काम गर्न नसकेको बताए । अधिकारीले आफ्नो लगानी डुवाएर काम गर्न नसक्ने भन्दै भुक्तानी पाएपछि काम गर्ने इजलाससित बताए । उनले स्पामको निर्माणसँगै ३२ वटा पाइलिङको काम गरेको जानकारी दिए ।

प्रदेश सरकारले बजेट नपठाएका कारण पूर्वाधार कार्यालयले बजेट उपलब्ध गराउन नसकेको अधिकारीको भनाई छ । हामीले पूर्वाधारसँग विल पेश गरिसकेका छौं, अधिकारीले भने – भुक्तानी ताकेताका लागि निरन्तर सम्पर्क गरिरहेका छौं । रोकिएको विल भुक्तानी हुनासाथ फाउण्डेशनको काम गर्ने उनको भनाई छ ।

माइधार–आपबारी–बैंकडाँडा जोड्ने पुल निर्माणका लागि निर्माण कम्पनीले बजेट पर्खिरहेको छ । निर्माणस्थल वरपर निर्माण कम्पनीका मेसिनहरु जथाभावी छोडिएको अवस्थामा फेला परेको छ । निर्माण कम्पनीले आफ्ना सामान छोडेर भागे जस्तो देखिने त्यहाँ केहि काम भने सम्पन्न गरेको दावी गरिएको छ ।

प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]