बैशाख ८, २०८१ शनिबार

एमाले सधै विकासको पक्षमा : अध्यक्ष ओली

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै विकासको पक्षमा रहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा देशको विकास नेकपा एमालेले मात्रै गरेको उहाँको दाबी थियो ।

अन्य दलहरु विकासमा पछि रहेको र आफनो पार्टीे विकासको पक्षमा लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ ।” गठबन्धन स्वार्थका लागि भएको उहाँको भनाइ थियो ।

एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको उहाँको दाबी थियो । दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधनका क्रममा उहाँले यहाँको पुल पुलेसा, बाटो घाटो लगायतका विकासमा एमालेको नेतृत्व रहेको बताउनुभयो ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]