बैशाख ७, २०८१ शुक्रबार

झापामा सार्वजनिक जग्गा हडप्ने नै गठबन्धनबाट उपमेयरको उम्मेद्वार

दमक । पाँच दल र राप्रपासहितको सत्तारुढ महागठबन्धनको तर्फबाट दमक नगरपालिकाकी उपमेयरका उम्मेदवार रेगिना भट्टराई (प्रसाई) ले सरकारी जग्गा हडपेको तथ्य बाहिर आएको छ । नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखकी उम्मेद्वार बन्नुभएकी रेगिनाले शक्तिको आडमा सार्वजनिक जग्गा हडपेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रबाट खुलेको हो ।

दमक १ मा रहेका उहाँको घर सरकारी जग्गामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । आयोगले दमक नगरपालिकालाई उक्त जग्गाबाट भौतिक संरचना हटाउन निर्देशन समेत दिएको पत्रबाट खुलेको छ । आयोगले २०७८ मंसीर १४ गते दमक नगरपालिकालाई पत्र लेख्दै दमकदेखि बेलडागीँ जाने सडकको दुर्गा पञ्चायन मन्दिर पूर्वसाविक किता नम्बर २९२ को सरकारी जग्गा हडपेकाले तत्काल खाली गर्न निर्देशन दिएको हो ।

आयोगमा प्राप्त उजुरी अनुसार उपप्रमुखकी उम्मेदवार प्रसाईका पतिले उक्त जग्गा हडपेर संरचना निर्माण गरेको उल्लेख छ । यस्तै प्रकाशले कर्मचारीको मिलेमतोमा सार्वजानिक सडकलाई हडपेको आयोगको निष्कर्ष छ । अख्तियारका अनुसार प्रकाशले सार्वजानिक जग्गामा घर बनाउनु भएको छ । उहाँले सडकलाई कर्मचारीसँग मिलेमतो गरेर बाँगो पारेरको भनिएको छ । यस बिषयमा बुझ्न उहाँहरुसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहनुभएन ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पटक पटक सरकारी जग्गा खाली गर्न भनिएपनि प्रसाईंले अस्वीकार गर्दै आउनु भएको छ । ओलीले आइतबार दमकमा भएको सभामा सम्बोधन गर्दै भन्नुभयो, सरकारी सम्पत्तिको संरक्षण गर्ने भन्ने अनि सार्वजानिक जग्गामा घर बनाउने ?’ प्रसाईको जग्गा सार्वजानिक जग्गामा परेको र हटाउन पनि अटेर गरेको ओलीले बताउनु भयो ।

किचलोमा गठबन्धन
जब राम थापालाई मेयरको उम्मेद्वार मानेर जाने लगभग सहमति हुदै थियो । माओवादीको कार्यालयमा बैठक बस्यो । माओवादीभित्र एउटा लाइनले एमाले सँगै मिल्ने भनेर दबाब दिए । नेता दुर्गा चौलागाईले त हलोमा मत हाल्नु परे हातै काटेर फाल्ने सम्मका अभिव्यक्ति दिनुभयो । त्यसले कांग्रेसका उम्मेद्वारलाई मत नदिने भनेर माओवादीको एउटा पक्षले लबिग तिब्र पारेको छ । खासमा माओवादीका वडा अध्यक्षका उम्मेद्वार उठेका ठाउँमा कांग्रेसको व्यापक असहयोगले पनि माओवादी बिच्केको हो । फेरि कांग्रेसको अलिक बलियो देखिएको ठाउँमा माओवादीलाई दिएपछि कांग्रेसका एक तहका नेताहरु बिच्केका छन् ।

अझ दमक १ मा त कांग्रेसहरुले एमाले उम्मेद्वारका लागि त सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यहाँ रेगिना भटटराई, घनेन्द्र सुुब्बा सिटौला प्यानलमा छन भने सुरेस सुब्बा सहितको टिम देउवा प्यानलमा छन् । उनीहरुले अघिल्लो कांग्रेसको निर्वाचनमा घनेन्द्रलाई त हराए भने रेगिना बल्लतल्ल जित हासिल गर्नुभएको थियो । फेरि कांग्रेसको गढमा राप्रपालाई गठबन्धनका नाममा उम्मेद्वार बनाएपछि कांग्रेस कार्यकर्ताहरु बिच्केका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ७ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]