बैशाख १३, २०८१ बिहीबार

विधार्थीलाई जंकफुट नखान आग्रह

भद्रपुर । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर मंगलवार विद्यार्थीलाई सन्तुलित र स्वच्छ आहार विहारको लागि प्रशिक्षण प्रदान गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले चन्द्रगढीस्थित वीरेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई जिल्ला समन्वय समितिको सभाहलमा सो प्रशिक्षण प्रदान गरेको हो ।

विद्यार्थीहरुलाई सन्तुलित आहार र खाद्यवस्तुको बारेमा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन टंक बाह्रकोटी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसन्धान अधिकृत भरतबहादुर पुरीले प्रशिक्षण प्रदान गरेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानले विद्यार्थीलाई प्रशिक्षणका क्रममा सिकेको कुरा व्यवहारमा उर्तान आग्रह गरेका थिए । उनले वर्तमान अवस्थामा समेत हामीले सन्तुलित र स्वच्छ खाना खान नसक्दा विभिन्न रोगको शिकार बन्नु परेको बताएका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले विद्यार्थीहरुलाई आजैदेखि जंकफुट नखान आग्रह गरका थिए ।

प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार  ८ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]