बैशाख ६, २०८१ बिहीबार

झापाका कैदीबन्दीलाई शैक्षिक सामग्री

झापा – झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

उक्त सामग्री जिसस प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला शिक्षा तथा समन्वय एकाइ समितिका प्रमुख राजकुमार विश्वकर्मालगायतले हस्तान्तरण गर्नुभयो । कैदीबन्दीलाई साक्षर बनाउने उद्देश्यले सो सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख पोर्तेलले बताउनुभयो ।

प्रजिअ रिजालले कैदीबन्दीको बाँकी समय त्यसै खेर फाल्नबाट जोगाउन सामग्री उपलब्ध गराएको बताउनुभयो । कारागारमा हाल एक हजार ३०० भन्दा बढी कैदीबन्दी छन् । उनीहरुमध्ये झण्डै ४०० जना निरक्षर रहेको बन्दी पुस्कालयका सचिव रमेश पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]