बैशाख ७, २०८१ शुक्रबार

बरुण कलेज संखुवासभा बन्यो सूर्योदय क्विज सिजन-६ को विजेता

बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको बरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खादवारी क्विज च्याम्पियन बनेको हो ।

सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकर पछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको हो ।

सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईँको रहेको थियो ।

प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोश्रो, दमकको मोडल क्याम्पस तेस्रो भएका छन् । फाइनलमा कनकाई मल्टिपल कलेज सुरुंगा झापा र इटहरीको कोशी सेन्टजेम्स पनि पुगेका थिए ।

फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८ः ३० बजे प्रसारण भएको थियो ।
लिग राउण्ड, सेमिफाइनल राउण्ड हँुदै प्रदेश १ भरीका एक सय भन्दा बढी बिद्यालय तथा कलेजमध्ये बाट ५ उत्कृष्टले फाइनलसम्मको यात्रा तय गरेका थिए ।

पहिलो, दोस्रो र तेश्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, मेनेजर आशिष उप्रेतीले संयुक्त रुपमा पुरुस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती र प्रस्तोता प्रेमसागर घिमिरे रहेका थिए । यो प्रतियोगितामा भाग लिने कोही पनि विद्यार्थीलाई घाटा नहुने टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले बताएका छन् ।
फाइनल कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा महतारा प्रसाईंले स्थानीय क्षेत्रका विभिन्न खालका विषय बस्तुलाई उठान गर्दै आएको टेलिभिजनलाई धन्यवाद दिँदै विद्यार्थीहरुका यस्ता प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाको प्रस्तुतिले वेग्लै रौनक थपेको थियो ।

प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]