बैशाख १३, २०८१ बिहीबार

घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित

शिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि बिहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए ।

विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले तत्कालि राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । उनीहरुको जीउ धनको सुरक्षाका लागि तत्काल उद्धार र राहत उपलब्ध गराउन नगरपालिकाको टिम खटेको छ । मौसममा सुधार भएपछि विस्तापित १० परिवार आफ्नो घरमा फर्किएका छन् ।

बाढीबाट हालसम्म शिवसताक्षी नगरपालिका वडा नं ६ का विस्तापित ४९ परिवार २०८ जना र वडा नं ४ का ३८ परिवारका ७६ जना गरी जम्मा ८७ परिवारका जम्मा २८४ जनालाई नगरपलिकाले जनआदर्श मावि शिवगंज, गौरी शंकर प्रावि र त्रिभुवन मावि पाँचगाछीमा अस्थायी रुपमा राखी आवश्यक खाद्यन्य, लत्ता कपडा, पिउने पानी र स्वास्थ्य सेवा सहितको व्यवस्थापन गरेको छ ।

विपतमा घडीमा नेपाल रेडक्रसको पहलमा पीडित परिवारलाई डुवान क्षेत्रबाट तत्काल उद्धार गरिएको कुनै पनि मानवीय क्षति नभएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा ९रोसन०ले जानकारी दिए ।

उनले विस्तापित परिवारलाई व्यवस्थापनका लागि तत्काल बैठक बसी नगरको विपत व्यवस्थापन समिति र नगरका सबै कर्मचारीहरुलाई परिचालन गरिएकाले पीडित परिवारले राहत महशुस हुने गरी काम गर्न सफल भएको बताए ।

उनका अनुसार विपतको कारणले हुनसक्ने क्षतिलाई आकलन गरि सबै वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई सजक गराई विपत प्रतिकार्यमा उद्धारको लागि अलर्ट अवस्थामा रहन सर्कुलेट जारी गरिएको थियो । विपतसँग सम्बन्धि सामाजिक संस्थाहरु, रेडक्रस, उद्योग वाणिज्य संघ, अन्य सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी लागायत सम्बन्धित सबैमा विपत व्यवस्थापनार्थ नगरसँग सहकार्य गर्न समेत अपिल गरिएको थियो । नगरपालिकाले जम्मा ८७ परिवारलाई पुग्ने गरि झुल ९डबल बेड०, तन्ना ९डबल बेड०, ब्लाङ्केट ९डबल बेड०, ९२ मिटर म्याट र अन्य आवश्यक खाद्य सामाग्री व्यवस्थापन गरेको नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए ।

नगरप्रमुख थोप्राले विपत व्यवस्थापनको लागी झरी नभइ दिनररात सेवा गरिरेका जनप्रतिनिध, नगरको विपत व्यवस्थापन टिम र नगरका सम्पूर्ण कर्मचारीहरुलाई र वडा नं। ६ का वडाध्यक्ष मनोज खुलाल र वडा नं। ४ का वडाध्यक्ष विष्णु प्रसाईलाई विशेष धन्यवाद दिएका छन् ।
यस विपतको घडिमा नगरपलिकालाई बाढी पीडितलाई उद्धार राहत उपलब्ध गराउने नेपाल रेडक्रस, गोपाल गौरी दिगो विकास प्रतिष्ठान, कन्काई गार्मेन्ट, सतासीधाम जेसीज, यसोदा ट्रेण्डिङ र आयुस ट्रेडर्सलाई नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गरिएको छ । पीडितलाई आश्रय दिने श्री जनआदर्श माध्यमिक विद्यालय, गौरी शकंर प्रावि र त्रिभुवन माध्यमिक विद्यालयलाई समेत धन्यवाद दिइएको थियो ।

पानीको वहाव घटेसँगै विस्थापितहरुलाई स्थलगत अनुगमन गरि सम्भव भएसम्म उनिहरुकै स्थानमा स्थापित गराउँदै लगिएको र केही परिवारहरुको घर जीर्ण अवस्थामा रहेकोले तत्कालिन मर्मत गरी स्थापित गराउन पहल भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]