बैशाख ८, २०८१ शनिबार

झापामा कोदोको रक्सीलाई प्रवद्र्धन गर्न समिति गठन

अर्जुनधारा । परम्परागत मदिरा (कोदो रक्सी) लाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अर्थात् आयआर्जनको मुख्य पेशा निर्माण गर्नका लागि झापा जिल्ला स्तरीय प्रवद्र्धन समिति गठन गरिएको छ ।

प्रवद्र्धन समितिको संयोजक सर्मिला आङ्दाम्बे रहेकी छन् । यसरी नै उनको नेतृत्वमा २१ सदस्यीय कार्य समिति गठन भएको छ । झापा जिल्लाभरिका सबै जातिलाई मिलाएर उक्त समिति निर्माण भएको हो ।
प्रवद्र्धन समितिको गठन प्रक्रिया झापाको चारआलीको चुम्लुङ भवनमा भएको हो । प्रवद्र्धन समितिले कार्यक्रम गर्नभन्दाअघि एक कार्यपत्र प्रस्तुत गर्दै कोदोको रक्सीलाई अन्तर्राष्ट्रियकरण गर्न सके आयआर्जनको मूख्य थलो बन्ने कुराहरु प्रस्तुत भएको थियो ।

प्रवद्र्धन समितिका सदस्य सर्मिला सिङ्घकले उक्त कार्यपत्र प्रस्तुत गर्दै झापामा मात्र होइन प्रदेश नं. १ को १४ वटा जिल्लामा कार्य समिति निर्माण गर्दै जाने र प्रर्वद्धन समिति प्रदेशमा सबै जिल्लाको सहभागिता रहेको बताए । सिङ्घकले प्रस्तुत गरेको कार्यपत्रमाथि बुद्धिजीवी देशु वनेम, फोनिजका दिपीन राई, आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठलगायतले कोदोको रक्सीलाई अन्तर्राष्ट्रिय करण गर्न ल्याइएको प्रतिवेदनमाथि आफ्नो सुझावसहितको विचार राखेका थिए ।

छलफल कार्यक्रममा बुद्धिजीवी आरभी पालुङ्वा, लालबहादुर थेवे, इन्द्रकुमार श्रेष्ठ, समर राई, चिजा राई, पाण्डपलाल चौधरी, धनप्रसाद गुरुङ,अग्नीमाया मेचे, सबिना राजवंशी, ओमप्रकाश खापुङलगायतले कोदोको रक्सी र आयआर्जनका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

प्रवद्र्धन समितिका प्रदेश १ का संयोजक टेकबहादुर खजुमले प्रदेश नं. १ को नीति तथा कार्यक्रममा कोदोको रक्सीलाई आयआर्जनको रुपमा लैजाने गरि परियोजना पास गरिएको जानकारी गराएका थिए ।

उनले उक्त परियोजना निर्माणका लागि प्रवद्र्धन समितिले मुख्यमन्त्री, अर्थमन्त्री, पूर्व सामाजिकमन्त्री तथा कोदोको रक्सीका अभियान्ता उषाकला राई, उद्योगमन्त्री प्रकाशप्रसाद हाङ्गाम लगायतलाई पटक–पटक ज्ञापनपत्र बुझाएको बताए ।
बृहत सहभागिता रहेको कार्यक्रममा प्रवद्र्धन समितिका संयोजक खजुमले इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, ते¥हथुम, संखुवासभालगायतको जिल्लाबाट प्रवद्र्धन समितिमा जोडिएको बताए ।

यसलाई उत्पादनमा जोड्न सके आर्थिक रुपमामात्र नभई युवाहरुले स्वदेशमै रोजगार पाउँन सक्ने कुराहरु दर्शाएका थिए । यति बेला पहाडका पाखाहरु भने जस्तो मल, सिचाईं र बीउ नभएको हुँदा कोदो नासिदै गएको अवस्था छ । कोदोबाट धेरै प्रकारका चिजहरु बनाउन सकिने संयोजक खजुमले जानकारी दिँदै खानाका लागि उत्तम र रक्सी उत्पादनका लागि गुणउपयोगी भएको बताए । कोदोको रक्सी बनाउनका लागि आवश्यक मर्चाका लागि चाहिने जंगलीजडिबुटीहरुको पनि संरक्षण गरिनुपर्ने संयोजक खजुमले बताए ।

प्रकाशित मिति : असार २०, २०७९ सोमबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]