चैत्र १५, २०८० बिहीबार

सीटीईभीटीमा फेरि असुली धन्दा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सदस्य सचिव जीवनारायण काफ्लेमाथि कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज ५ देखि ७ लाख रुपियाँ बार्गेनिङ गरेको आरोप लागेको छ । काफ्लेले विगतदेखि नै विभिन्न खाले असुली धन्दामा आफैं र आफ्नो गोप्य टिमलाई परिचालन गर्ने गरेको सीटीईभीटीका कर्मचारीको दाबी छ ।

यसै क्रममा सदस्य सचिव काफ्लेले अहिले कलेजको अपग्रेडिङ गर्ने क्रममा असुली धन्दा सञ्चालन गर्न थालेको बताइएको छ । कार्यालयका केही कर्मचारीका अनुसार रकम उठाउन सदस्य सचिव काफ्ले आफैंले कलेजलाई टेलिफोन गरी रकम माग गर्न थालेका छन् ।

एक कलेज सञ्चालकका अनुसार सदस्य सचिव काफ्लेले रकम उठाउन सहयोगका लागि कलेज सञ्चालक नेत्र चटौत र भुवनचक्र जोशीलाई प्रयोग गर्दै आइरहेका छन् । काफ्लेमाथि यसअघि पनि केही नर्सिङ कलेजलाई सम्बन्धन दिँदा ५ देखि १० लाखसम्म रकम असुली गरेको आरोप लागेको थियो ।

काफ्ले यसअघिको सरकारको पालामा नियुक्ति भएका हुन् । तर, सेटिङ मिलाउन सिपालु भएकाले वर्तमान सरकार र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समेत उनी प्रियपात्र बन्दै आइरहेको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]