बैशाख ७, २०८१ शुक्रबार

मोवाइलको लतबाट छुटाऔं

सम्पादकीय
सबैजसो घरमा अहिले साना बालबालिकालाई भुलाउनका लागि मोवाइल हेर्न दिइन्छ । भुलाउन मात्र होइन, आजकालका बालबालिका खानपानमा पनि सँगै मोवाइल हेर्न चहान्छन् । मोवाइल देखाउदै खाना खुवाउनुपर्ने परिस्थिति विकास भइरहेको छ । मोवाइलमा विशेष गरी कार्टुन देखाएर बालबालिका भुलाउन अभिभावक बाध्य छन् । कामको चाम र बालबालिकाको गलत लतका कारण उनीहरु मोवाइल नपाए झगडा गर्छन् । मोवाइल दिए मात्रै चुप बस्ने गरेका छन् । तर, यसको वेफाइदाका बारेमा बेलैमा नसोच्दा धेरै प्रकारका समस्या आउन सक्नेछन् ।

दिनप्रतिदिन बढ्दै गइरहेको यो आचरणले विस्तारै ‘एडिक्सन’ तर्फ लैजान्छ । परिणामत निकै नै हानिकारक हुने चिकित्सकहरु बताउछन् । आमा–बुवा आफू पनि मोबाइलमा नै व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र भलाकुसारीको ग्राफ ओह्रालो लाग्दै गएको छ । बालबालिकालाई मोवाइल प्रयोग गर्न दिदाँ उनीहरुमा भएको बाल क्रियाशिलता लोप हुने जोखिम हुन्छ । त्यसले उनीहरुको वृत्तिविकासमै ह्रास हुने निश्चित छ । यसैले बालबालिकालाई मोवाइलबाट टाढै राखौं ।

मोवाइलको प्रयोगले उनीहरुमा मानसिक समस्या आउने जोखिम धेरै हुन्छ । मोबाइलको प्रयोगले बालबच्चालाई एकोहोरो बनाउँछ । मोटोपना बढ्न सक्ने पनि उस्तै जोखिम हुन्छ । खाना खाने नियमित प्रक्रियालाई मोबाइलको प्रोयगले डिस्टर्ब गरिदिन्छ । छिटो कुलतमा फस्न सक्ने, पढाइमा समस्या हुने, आँखामा समस्या हुने त छदैछ । त्यस्ता बालबच्चा छिटो रिसाउने बानी विकास गरिरहेका हुन्छन् । यसैले यो गलत लग छुटाउन अभिभावककै भूमिका महत्पूर्ण हुन्छ । मोवाइलको लत छुटाउन बालबालिकालाई विभिन्न क्रियाकलाप गरेर भुलाउन आवश्यक छ ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  ९ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]