चैत्र १५, २०८० बिहीबार

झापाको कचनकवलमा तीन किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।  कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् । 

स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएकी थिइन् । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।

यता तीनै जना किशोरीहरू चिया बगानमा काम गर्दै आएकी थिइन् । सामूहिक आत्महत्याको कारण भने नखुलेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी खटाइएको डिएसपी पाठकले बताए ।

प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार  ११ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]