चैत्र १६, २०८० शुक्रबार

स्वास्थ्य विमामा करिब २१ अर्ब भुक्तानी

बिर्तामोड । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको जानकारी दिनुभयो । प्रत्येक वडामा स्वास्थ्य चौकी तथा पालिकामा १५ शय्याको अस्पताल स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले पालिका, प्रदेश र केन्द्रका अस्पतालबाट विभिन्न ९८ प्रकारका औषधि जनतालाई निःशुल्क प्रदान गर्ने गरेको बताउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा कार्यान्वयनमा देखिएका अवरोध तथा समस्याबारे जानकारी दिनुभयो । महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, बीमा विज्ञ बाबुराम हुमागाईं, बिमक सङ्घका अध्यक्ष चङ्की श्रेष्ठलगायतले आम नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याउन सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । काठमाडौँ, ललितपुरलगायत सात जिल्लामा उक्त कार्यक्रम छिट्टै सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]