बैशाख १३, २०८१ बिहीबार

वक्तृत्वकलामा कन्चनजंघाका सृजन प्रथम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कन्चनजंघा ईंग्लिस स्कुल बिर्तामोड– ४ का सृजन श्रेष्ठ प्रथम भएका छन् ।

५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीवार आयोजना गरेको कार्यक्रममा निधि माध्यमिक विद्यालय बिर्तामोड– २ कि युनिसा तामाङ दोस्रो, एभ्रेष्ट स्मार्ट स्कुलका उज्जवल ढुंगाना तेस्रो र देवी माध्यमिक विद्यालय बिर्तामोड– ५ की जिना अधिकारी, मनकामना माध्यमिक विद्यालय बिर्तामोड– १ कि पुजा अधिकारी सान्तवना भएका छन् ।

उनीहरुले क्रमश २५ सय, २ हजार, १५ सय र १-१ हजार रुपैंया नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् । विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, पूर्व उपसचिव उद्दव विष्ट र कार्यपालिका सदस्य यामुना आचार्यले पुरस्कार प्रदान गरेका थिए ।

‘समुदायको विकासमा शिक्षाको योगदान’
नगरका विभिन्न विद्यालयहरुबाट सहभागी २० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीताको निर्णायकमा पूर्व उपसचिव युवराज पाण्डे र उद्धव विष्ट रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई , विशेष अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, दुर्गा माध्यमिक विद्यालय गरामनिका शिक्षक धर्मेन्द्र भट्टराई र निर्णायक उद्धव विष्टले बोलेका थिए । नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा अधिकृत दिनेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने केशर खवासले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : भाद्र २४, २०७९ शुक्रबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]