बैशाख १३, २०८१ बिहीबार

स्वागत नेपाल : स्वतन्त्र होइनन्, हुदै होइनन्

प्रदीप परियार

निर्वाचनको माहोल मज्जाले तातेको छ । मंसिर ४ मा आम मतदाताले पाँच वर्षका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिको चयन गर्दैछन् । मनोनयन दर्ता पछि तातिएको माहोल चुनावको दिनभन्दा अघि सेलाउनेवाला छैन । सबै राजनीतिक दल आफ्ना उम्मेदवार लिएर मतदाताको घरदैलो गर्न थालसके । राजनीतिक दल मात्र होइन, स्वतन्त्र नामको ससानो जमात पनि निर्वाचनमा होमिएको छ । राजनीतिक स्वतन्त्रताको अधिकार अनुसार केहि व्यक्ति स्वतन्त्र उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । तर, उम्मेदवारी स्वतन्त्र भए पनि व्यक्तिको पहिचान प्रायःको पार्टीगत नै छ ।

अन्तरवार्तामा उन्नत लोकतन्त्र पार्टीको अध्यक्ष उल्लेख छ ।

सयौं उम्मेदवार, स्वतन्त्र भन्दै आम मतदातासम्म पुगिरहेका छन् । उनीहरु वास्तविक स्वतन्त्र हुन् वा होइनन् । त्यसको पहिचान गर्न अब ढिला गर्नु हुदैन । विगतमा स्वतन्त्रको खास चर्चा हुदैन थियो । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बालेन र हर्क साम्पाङ अपवादका रुपमा निर्वाचित भए । त्यसपछि स्वतन्त्र भन्नासाथ चुजाव जितिन्छ भन्ने भ्रमको विकास भएको छ । त्यहि भ्रममा केहि व्यक्तिहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा आएका छन् । त्यसैमध्येका एक हुन्, स्वागत नेपाल ।

…………………………

झापामा थोरै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार हुन, उनी । उनको उम्मेदवारी स्वतन्त्र नै हो । तर, व्यक्ति चाँही स्वतन्त्र होइनन् । जुनसुकै दलमा रहेको व्यक्ति पनि निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन सक्छन् भन्ने बुझाईलाई विर्सन हुदैन ।
काठमाडौंमा रहेर विभिन्न गतिविधि गर्दै आएका नेपाललाई यो लेखमा प्रतिनिधि पात्रको रुपमा राखिएको छ । यो लेख तयार गर्दै जाँदा उनका २-४ समर्थकहरु अलिअलि रिसाउन सक्छन्, भन्ने हेक्का मैला राखेको छु । त्यो स्वभाविक पनि हो । मान्छे खुशी मात्र हुदैन । मान्छेमा रिसाउने गुण पनि हुन्छ ।

स्वागत नेपाल भनेर चिनिएका व्यक्ति भद्र प्रसाद नेपाल हुन् । उनी सधैं आफ्ना अभियानमा स्वतन्त्र जोड्ने गर्छन् । शुरुआतमा स्वतन्त्र कानुन व्यवसायीका नाममा गतिविधि गर्थे । त्यसपछि स्वतन्त्र राष्ट्रिय अभियान चलाए । त्यहि बेला गतिविधिलाई थप व्यवस्थित गर्न उन्नत लोकतन्त्र पार्टी बनाए । त्यसको अध्यक्ष रहेर काम गरेका नेपाल अहिले स्वतन्त्र भन्दै मत मागिरहेका छन् । व्यक्ति स्वतन्त्र होइनन, उनको नाममा पार्टी अध्यक्ष लेखिएको इतिहास काँचै छ । त्यसैले उनी स्वतन्त्र होइनन्, हुदै होइनन् ।

पार्टीको पत्रकार सम्मेलन

अहिले पार्टी दर्ता नभएको भन्ने गरिका सूचनाहरु सामाजिक सञ्जाल मार्फत प्रचारको काम भइरहेको छ । त्यसलाई उन्नत लोकतन्त्र पार्टी नामको फेसबुक पेजले आफै खण्डन गरिदिन्छ । सन् २०२१ नोभेम्बर ५ मा पोष्ट भएको भिडियोमा सो पार्टीका संगठन विभाग सदस्य आँगेली माइलाले पार्टी दर्ताको प्रमाण पत्र प्राप्त गरेको भनाई राखेका छन् । जहाँ स्वागत नेपाल आफै सहभागी छन् । त्यहाँ उनले पार्टी अध्यक्ष स्वागत नेपाल भनेर स्पष्ट रुपमा भनेका छन् । उन्नत लोकतन्त्र पार्टीका संस्थापक अध्यक्ष नै उनै हुन् । उनका बारेमा धेरै यहाँ लेखिरहन पदैन, उनको पार्टीको फेसबुक हेरे प्रष्ट हुन्छ । उनी को हुन् ।

भिडियो हेरौं

विभिन्न राष्ट्रिय मुद्धामा प्रतिपक्षी दल सरह आफ्नो विचार प्रस्तुत गरेर चर्चामा आइरहने नेपाल अहिले झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । चलचित्रमा समेत अभिनय गरिसकेका स्वागत निर्वाचनको अनुभव समेत लिदैछन् ।

राजनीतिक दल र त्यसका नेता प्रति नागरिक थोरबहुत रुष्ट छन् । दलहरुलाई गाली गर्दै आएका स्वतन्त्रहरु फेरि पनि त्यसको विकल्प होइनन् । दलहरुको विकल्प दल नै हो । बरु, एउटा दलको विकल्प अर्को दल हुन सक्छ । तर, स्वतन्त्र उम्मेदवारहरु दलीय व्यवस्थाको अर्को विकल्प हुन सक्दैनन् ।

नेपालका अधिकांश मिडियामा उनको पहिचान नै उन्नत लोकतन्त्र पार्टीको अध्यक्षको रुपमा उल्लेख छ । त्यसमध्ये मैले जनआस्थाको एउटा समाचार यहाँ राखेको छु । झापा –२ का जनता अब पनि झुक्किनु हुदैन ।
यो निर्वाचन क्षेत्रमा कांग्रेस नेतादेखि अन्यले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अर्पण बस्नेत, कुमार भट्टराई, खेमराज दाहाल, चेतकुमार खनाल, राजकुमार तामाङ लामा झापा –२ का स्वतन्त्र उम्मेदवार हुन् ।

प्रकाशित मिति : आश्विन २६, २०७९ बुधबार  १२ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]