बैशाख ११, २०८१ मंगलबार

मतदातालाई सहयोग गरौं

सम्पादकीय
पाँच वर्षका लागि जनताको प्रतिनिधि चयन गर्न भोली मतदान हुँदैछ । एक महिनादेखि मतदातासँग पुगेर मत मागेका उम्मेदवारहरुले हिजोदेखि मौन अवधिको परिपालना गरिरहेका छन् । कतिपय ठाउँमा उम्मेदवारहरुले मौन अवधिको उल्लंघन गरेको पनि सूचनाहरु सार्वजनिक भइरहेको छ । मौन अवधिको उल्लंघन गर्नेहरुलाई निर्वाचन आयोगले कारवाही गर्ने बताएको छ । भलै, सबैतिर आँखा पुराउन सकिरहेको छैन । त्यसको फाइदा उम्मेदवारहरुले लिइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले मौन अवधि सुरु भएपछि मोवाइल म्यासेज मार्फत भोट मागे । तर, निर्वाचन आयोगले यसतर्फ खासै चासो दिएको पाइएन । निर्वाचन आयोगले मौन अवधिमा सबै उम्मेदवारलाई सामान व्यवहार गर्नुपर्छ । अर्को विषय, भोली हुने मतदानमा मतदातालाई आवश्यक सहजीकरण गर्नुपर्छ । निर्वाचन आयोगले यस तर्फ ध्यान दिओस् । वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म पुग्नका लागि आवश्यक सहयोग गर्नैपर्छ ।

लोकतन्त्रले आफ्नो प्रतिनिधि छान्न आम निर्वाचनको परिकल्पना गरेको हो । यो अवसरलाई सबै मतदाताले सहजै , सुविधायुक्त ढंंगबाट मतदान गर्न पाउनुपर्छ । मतदानका क्रममा कुनै पनि कठिनाई हुनुहुदैन । अनावश्यक भीडभाड र अव्यवस्थित केन्द्रका कारण धेरैले दुख पाउन सक्छन् । वृद्धवृद्धा, अपांगता भएका व्यक्ति र विरामीहरुका लागि आवश्यक सहजीकरण गर्न सुरक्षा निकायले पनि ध्यान दिओस् । त्यसका लागि सबै मतदातालाई सहयोगी भूमिका निर्वाह गरियोस् ।

प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]