बैशाख ७, २०८१ शुक्रबार

दलहरुलाई झट्का

सम्पादकीय
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले दलहरुलाई अत्याइदिए । देशकै महत्वपूर्ण ठाउँहरुमा स्वतन्त्रले पालिका प्रमुख भएर काम गरिरहेका छन् । त्यहि अपेक्षाबाट मंसिर ४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारको राम्रै उपस्थिति भयो । दलहरुप्रति वितृष्णा फैल्याउदै फाइदा लिन तम्सिएको जमातले लोकतान्त्रिक अधिकारको उपयोग गरेको छ । आइतवार सम्पन्न निर्वाचनपछि सोमबारबाट गणना नै थालिएको छ । पहिलो दिनको मत गणनाले स्वतन्त्रप्रति मतदाताको आशा सामान्यतयः प्रकट भएको स्पष्ट भयो ।

राजनीतिक दलहरुले पनि स्वतन्त्रप्रति मतदाताले प्रकट गरेको आशामाथि विमर्श सुरु गरेका छन् । वास्तवमा दलहरुले आफुलाई सच्याउनुपर्ने देखिन्छ । स्वतन्त्रहरु निर्वाचित भएर नेपालको सुन्दर व्यवस्थामाथि अराजकता मात्रै मच्चाउने छन् । विस्तारै दलहरुकै बाटोमा लाग्नेछन् । त्यसको बदलामा दलहरु अब सच्चिनैपर्छ । त्यसका लागि अहिलको निर्वाचन एउटा अवसर बनेको छ । बेलैमा दलहरु नसच्चिने हो भने आगामी निर्वाचन दुखद हुन सक्छ ।

आम मतदातामा उत्साह नदेखिनु र स्वतन्त्रप्रति मोह बढाउनुको मुख्य कारण भनेको अहिलको गठबन्धन हो । मतदाताले गठबन्धनलाई स्वार्थीहरुको समूहको रुपमा चरितार्थ गरेका छन् । दलहरु भनेको मिलेर खाने र खानकै लागि अस्वभाविक गठबन्धन गर्ने भन्ने बुझाई भएको छ । जसका कारण गठबन्धनभित्रका माओवादी र नेकपा एसलाई मतदाताले अस्वीकार गरेका छन् । पहिलो चरणको मतगणनाले मुलुकमा माओवादी र नेकपा एसप्रति नागरिकको वितृष्णा बढेको स्पष्ट भएको छ । त्यसै कारण पनि मतदाता स्वतन्त्रप्रति आकर्षित भए । अब, यो निर्वाचनको समिक्षा गरेर अघि बढ्नुको विकल्प छैन । नेपाली कांग्रेस र एमालेले विवेक पुराओस् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]