बैशाख ६, २०८१ बिहीबार

उपभोग्यसहित अन्य क्षेत्रमा अनुगमनको खाँचो

सम्पादकीय
चुनाव घोषणा भएपछि अस्तव्यस्त बनेको अन्य क्षेत्र अहिले पनि चुनावी ह्याङबाट बाहिर आउन सकेको छैन । लगभग सरकार गठन नहुञ्जेल चुनावको ह्याङ रहिरहन्छ । अब, चुनाव मात्रै ध्यान दिएर बस्न हुदैन । सबै क्षेत्रले आ–आफ्नो जिम्मेवारीलाई अघि बढाउनुपर्छ । शिक्षक,कर्मचारी, व्यापारी, संघसंस्था सबैको ध्यान निर्वाचनमा केन्द्रित थियो । निर्वाचन घोषणापछि निर्वाचनको दिनको पर्खाइ थियो । निर्वाचनपछि परिणामको पखाई थियो । परिणाम पछि सरकार गठबनको पर्खाइ छ ।

आम निर्वाचनमा सबैको चासो हुनु स्वभाविक छ । अब, त्यसलाई छोडेर सामाजिक जीवन तर्फ सबैले फर्कौ । बजारमा महंगी र मनोमानी चलिरहेको छ । व्यापारीहरु निर्वाचनका कारण सबैको ध्यान निर्वाचनमा केन्द्रीत भएको कारण मुल्यमा मनोमानी गरिरहेका छन् । सरोकारवाला निकायले बजारमा तत्काल अनुगमन गरेर मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालयसहित सरोकारावाला निकायले बजारमा तत्काल अनुगमन गर्नुको विकल्प छैन ।

बजारमा उपभोग्य सामग्री मात्र होइन, सबै जसो क्षेत्रको अनुगमन खाँचो छ । मानव जीवनमा जोडिएका सबै खाले क्षेत्रमा अनुगमन गरेर बजारलाई ठिक ठाउँमा ल्याउन अपरिहार्य छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा कसैले चासो दिएको पाइदैन । उपचार गर्ने संस्थाहरु, अस्पताल, क्लिनिकहरु, औषधि विक्रि गर्ने फार्मेसी सबैको अनुगमन जरुरी छ । विधालयहरु, साना बालबालिका पढने–खेल्ने ठाउँहरुमा पनि अनुगमन गरिनुपर्छ । सधैं बजारमा उपभोग्य सामग्री मात्रै हेरिन्छ । अब, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माण भइरहेका ठाउँमा राज्यको उपस्थिति होस् ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]