चैत्र १६, २०८० शुक्रबार

सत्ता गठबन्धनको निरन्तरता लाजमर्दो

सम्पादकीय
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारबाट हटाउन बनेको कांग्रेस नेतृत्वको गठबन्धन चुनावसम्म आयो । चुनावमा गठबन्धनबाट कसैलाई नाफा भयो त कसलैलाई घाटा भयो । सत्तारुढ गठबन्धनले निर्वाचनमा अपेक्षाकृत नतिजा हात पार्न सकेन । नेपाली कांग्रेस एक्लै उठ्दा पनि जित्ने ठाउँहरुमा पराजित भयो । गठबन्धनबाट उम्मेदवार बनेको माओवादी र नेकपा समाजवादीले पनि सोचे अनुरुपको परिणाम हात पार्न सकेनन् । गठबन्धनबाट निर्वाचनमा सहभागी हुँदा समेत माओवादी र नकेपा समाजवादीले धेरै घाटा सहनुपरेको छ ।

स्थानीय तहको निर्वाचनमा पनि माओवादी र नेकपा समाजवादीले सोचे अनुरुपको परिणाम हात पार्न सकेनन् । त्यो परिणामका बिचमा गठबन्धनले निरन्तर पायो । अहिले पनि परिणाम माओवादी र नेकपा समाजवादीले सोचे जस्तो नहुँदा समेत सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने अभिव्यक्ति आइरहेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै गठबन्धनलाई निरन्तरता दिने अभिव्यक्ति दिइसकेका छन् । यो अभिव्यक्तिले उनीहरु कमजोर रहेको स्पष्ट बनाएको छ ।

सत्तारुढ गठबन्धन माथिल्लो तहमा भयो । तर, तल्लो तहसम्म कार्यान्वयन नभएको हालै सम्पन्न निर्वाचनको परिणामले देखाएको छ । माओवादी र समाजवादीलाई मतदाताले गठबन्धनमा रहे पनि अस्वीकृत गरेका छन् । अब, दुई पार्टीले जनताको बिचमा नयाँ योजनाका साथ जानुपर्ने हो । जनताको मन जित्ने गरी काम गरेर अघि बढ्नुपर्ने हो । परिणाम अनुसार कांग्रेसको सहारा छोड्नुपर्छ । अझै गठबन्धनलाई निरन्तरता दिन्छौं भन्नु भनेको जनताको भरोसा नभएर नै हो । टेक्ने, समाउने ठाउँ नभएपछि गठबन्धनको बाध्यता उनीहरुलाई भएको देखिन्छ । निर्वाचनपछि पार्टी संगठन सुदृढिकरण अभियानमा लाग्नुपर्ने हो । तर, कांग्रेसकै पछि लागेर आफ्नो सुरक्षा खोजिनु भनेको बढो लाजमर्दो हो । लाज पनि लजाउने गरिको राजनीति त्यागेर जनप्रिय पार्टी बनाउने अभियानमा जोडिनु आगामी दिनका लागि ठिक हुनेछ ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]