चैत्र १६, २०८० शुक्रबार

अनेरास्ववियु झापाले बुझायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत प्रधानमन्त्रीलाई ध्यानाकार्षण पत्र पठाएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को निर्वाचन केन्द्रमा भएको विवादलाई विषायन्तर गरी गठबन्धन समर्थक युवाहरुले सोही राती अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य चेतनदिप ऐडीको हत्या गरेको आशंका गर्दै पीडितको न्यायको माग सहित अनेरास्ववियु झापाले ध्यानाकार्षण पत्र बुझाएको छ ।

साथै अनेरास्ववियुले ऐडीको हत्यामा न्यायको माग गर्न उत्रिएका विद्यार्थीहरुलाई सरकारले झुठो मुद्दामा पक्राउ गरेको र उनीहरुलाई तत्काल रिहा गर्नुपर्ने माग पनि राखेको छ ।

अनेरास्ववियु झापाले ध्यानाकार्षण पत्रमा सरकारले अपराधीहरुलाई संरक्षण गरेको आरोप लगाउदै सत्य तथ्य छानबिन र न्यायको माग गरेका छन् । उनीहरुले सरकारले तत्काल घटनाको छानबिन नगरे आफूहरु आन्दोलनमा उत्रिने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

अनेरास्ववियु झापाले प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकार्षण पत्र बुझाएको हो । मृतकका परिवार तर्फबाट किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, परिवारका सदस्यलाई उचित क्षतिपुर्ती र भरणपोषणसहित चेतनदिप ऐडीको छोराको हालदेखी उच्च शिक्षासम्मको जिम्मा सरकारले लिनुपर्ने, न्यायका निम्ति शान्तिपूर्ण दबाव कार्यक्रम गर्दा प्रक्रिया गरी झुटो मुद्दा लगाइएका अनेरास्ववियु जिल्ला अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ताहरुलाई तत्काल मुद्दा खारेजी गरी बिना सर्त रिहा गरिनु पर्ने, चेतनदिप ऐडीलाई सहिद घोषणा गरिनु पर्ने, ऐडीको स्मृति पार्क निमार्ण गरिनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]