बैशाख ७, २०८१ शुक्रबार

विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आज आन्दोलनमा उत्रेका हुन् । उनीहरुले प्रदर्शन गर्दै वडा नं। १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् ।

वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालय अगाडि सडक अवरुद्ध गरी केहीबेर टायर बालेर प्रदर्शन समेत गर्दै उनीहरुले शिक्षकको माग गरेका छन् ।

प्रधानाध्यापक श्याम सिंहले आफू शिक्षक व्यवस्थापन गर्न नसक्ने जवाफ दिएपछि बाध्य भएर आन्दोलन गर्नु परेको विद्यार्थीहरु बताउँछन्। लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसँग अंग्रेजी, सामाजिक र विज्ञान विषयको शिक्षकको माग गर्दै आइरहेको एक विद्यार्थीले बताए।

एसईई परीक्षा हुन ढेढ महिना मात्रै बाँकी रहेको समयमा पनि ती विषयहरुको पढाई नहुँदा आफूहरुको भविष्य नै अँध्यारोमा पुग्ने विद्यार्थीहरुको चिन्ता छ।

गाउँपालिकाले शिक्षक पठाए पनि विपक्षी दलका स्थानीय नेताले विद्यालयमा हाजिर नै हुन नदिएको वडाध्यक्ष अशोककुमार महतोले बताउनुभयो ।

प्रकाशित मिति : माघ २२, २०७९ आईतबार  ३ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]