चैत्र १५, २०८० बिहीबार

दोमुखा जाने सडक कालोपत्रे हुँदै

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालोपत्रे गर्नका लागि शिलान्यास गरिएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माइधार–दोमुखा २९ सय मिटर सडकको मंगलबार शिलान्यास गरिएको हो ।

कालो पत्रेका लागि झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले शिलान्यास गरेका हुन् ।

शिवसताक्षी नगरपालिकाले नगर गौरबको आयोजना रिङ्गरोड अन्तर्गत सडक कालोपत्रे गर्न लागेको हो । कालो पत्रेका लागि ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे हुने छ । जसमा तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने स्टमेन्टमा उल्लेख छ ।

शिल्यान्सको क्रममा बोल्दै संघीय सांसद लिम्बुले जनप्रतिनिहरु विकास गर्न लागि एउटा अभियानकै रुपमा काम गर्न थालिएको बताए । पूर्व पर्यटकीय क्षेत्र दोमुखा सडकलाई कालो पत्रे गरेर पर्यटक भित्रयाउने सकिने उनको भनाई थियो । उनले विकासका लागि मैले होइन हामीले गर्नु पर्ने बताए । विकास लागि कहीँ कसैले पनि राजनीति नगर्न सांसद लिम्बुले सुझाएका थिए । उनले भने, कुनै पनि योजनामा राजनीति गरेर योजना कटौति भएमा आम नागरिकका लागि ठूलो नोक्सान हुने छ ।

त्यस्तै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माइधर दोमुखा सडक कालो पत्रे गर्नका धेरै बाधा व्यवधानहरु व्यहोर्नु परेको सुनाए ।

सडकको विच भएको रुख काट्न नमिल्ने भएकाले पनि सडक बनाउन यस अघि सडक बनाउन नसकिएको बताए । हाल सडकमा पर्ने रुख नकाटी रुखको दुवै पटीबाट एक एक लेन सडक बनाउने निर्णय गरेर सडकको काम अघि बढेको उनको भनाई थियो । हामी विकासका लागि जस्तोसुकै अवरोध पनि चिरेर जान तयार भएको नगरप्रमुख थोप्राले जानकारी दिए । सडक कनकाई सिचाई आयोजनाले २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिले सम्मको उक्त सडकको लागि कुनै पनि काम नभएको नगरप्रमुख थोप्राले बताए । नगर प्रमुख थोप्रका अनुसार सडक सेल्फी रोडको रुपमा आकर्षक बन्ने छ ।

सतासी निर्माण सेवाले ठेक्का लिएको सो सडक असार १५ गते निर्माण सम्पन्न हुने निर्माण कम्पनीका भैरवकुमार श्रेष्ठले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडा नं. १० वडाध्यक्ष हर्क सिगु, दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीेले सडकको गुणस्तरीय बनाउन जोड दिएका थिए । उनीहरुले सडक बनाउँदा कहाँ कमजोरी भएको पत्ता लगाई तत्काल समाधन गर्न सुझाए ।

सडक बनपछि पर्यटकीय क्षेत्र दोमुखामा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ। लामो समय पछि सडक बन्ने भएपछि स्थानीय दोमुखा बासी समेत हर्षित भएका छन् ।

प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]