चैत्र १६, २०८० शुक्रबार

विभेद उन्मुलन गर्न समान अवसरको खाँचो

सम्पादकीय
आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी उन्मुलन दिवस मनाइदैछ । नेकपा एमालेले मिसन ग्रासरुटको अभियान मै अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने तालिका समावेश गरेको छ । संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गर्यो । तर, यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

मानव–मानवबीच जातका आधारमा हुने विभेद अझै विद्यमान छ । जातीय विभेद सामाजिक अपराध हो । तथापि, अज्ञानता र सुझबुझका कारण पनि यसलाई अन्त्य गर्न एउटा पक्ष राजी देखिएको छैन । खासगरी नेपालमा दलित समुदायले जातका आधारमा भेदभावको शिकार हुनु परेको छ । दलित र गैरदलितबीचको भेदभावका कारण नेपाली समाज सुन्दर बन्न सकेको छैन । समाजका विविध समस्याका बीचमा जातीय विभेद सबैभन्दा अमानवीय छ । यसको अन्त्य नभएसम्म सुन्दर समाजको परिकल्पना संभव छैन ।

जातका आधारमा हुने भेदभाव हिजो जस्तो आज छैन । हिजो कथित उपल्लो जाति हिड्ने बाटोमा दलितहरु हिड्न पाउदैन थिए । विद्यालय जान पाउदैन थिए । तर, आज विभेदको प्रकृति बदलिएको छ । विभेदका वैज्ञानिक विधिहरु अपनाइएको पाइन्छ । नजिकै दलित साथीको छेउमा खानपान गर्नुपर्ने बाध्यता आइलागे ब्रत छ भनेर टारिदिने दुखेसो सुन्न पाइन्छ । गैरदलितको घरभित्र पस्न पाइन्छ, सँगै खाएकै छ हिडेकै छ भनेर विभेद विरुद्धको आन्दोलनलाई कमजोर बनाइदैछ । वास्तवमा, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा समान अधिकार र सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा समान अवसर नभएसम्म विभेद अन्त्य हुन सक्दैन । जातीय भेदभाव अन्त्यका आधारहरु यिनै हुन् । दलित समुदायलाई अन्य समुदाय बराबर अधिकार सम्पन्न बनाए मात्रै दलित समुदायले आत्मसम्मानको अनुभूति गर्नेछ ।

प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]