बैशाख ७, २०८१ शुक्रबार

स्वर्णलक्ष्मीको १४ औं स्थापना दिवस : विद्यार्थीलाई स्कुल व्याग

शिवसताक्षी । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी नगरपालिका ८ स्थित श्री झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरेको छ ।

स्वर्णलक्ष्मी सकोसले सेवा केन्द्र झिलझिलेले १४ औं स्थापना दिवसको अवसरमा झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्मका २५ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको हो ।

सहकारीले आज सदस्यहरुलाई सहकारी शिक्षा समेत गराएको छ । सहकारीको व्यवस्थापक कमल कुमार घिमिरेले सहकारीले हालसम्म गरेको वित्तीय कारोबारका विषयमा प्रष्ट पारेका थिए । उनले स्वर्ण लक्ष्मी साकोस वित्तीय कारोबारमा चुस्त, दुरुस्त रुपमा सदस्यको भावनालाई कदर गर्दै कारोबार गरेकाले बजारमा चलेको हल्लाको पछाडी नलाग्न समेत सुझाए । उनले सहकारी संस्था प्रति सदस्यको गुनासाहरु भए सुनाउन समेत आग्रह गरे ।

सदस्य शिक्षामा सहकारीको हालसम्म ११ करोड ४३ लाख ६८ हजार १०० शेयर पुँजी रहेको जानकारी गराइएको थियो । स्वर्ण लक्ष्मीमा ६२ करोड ८६ लाख १५ हजार ३११ बचत निक्षेप गरिएको छ भने,९८ करोड १३ लाख १० हजार ८३९ ऋण लगानी भएको जानकारी गराइएको थियो ।
कार्यक्रममा झिलझिले सेवा केन्द्रका सक्रिय रुपमा कारोबार गर्ने ४ लक्ष्मी सम्वाहाम्फे, बलराम थपलिया, सूर्यकुमारी राजवंशी र श्याम कुमारी सुब्बालाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै सहकारीले आजै निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । स्थापन दिवसकै अवसरमा सेवा केन्द्र झिलझिले मै निशुल्क आँखा शिविर सञ्चालन गरेको हो । आँखा शिविरमा विर्ताज्योति आँखा अस्पताल दमकका डा. मोती बरालको टोलीले सहजीकरण गरेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

कार्यक्रम बोल्दै शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले हिजो सहकारीले हामी प्रति गरेको योगदान नभुल्न आग्रह गरे । उनले कतिपय सहकारीहरुले बैमान गरेका छन् तर त्यसो हो भन्दैमा सबै सहकारीलाई एकै नजरले हेर्न नहुने बताएका छन् ।

त्यस्तै शिवसताक्षी नरपालिकाका वडा नं. ८ अध्यक्ष सन्त फेउदिनले वित्तीय कारोबार चुस्त र दुरुस्त बनाउन सदस्यहरु पनि सक्रिय हुनु पर्ने धारणा राखे । सहकारीमा सहदस्यहरु पनि उत्तिकै जिम्मेवार हुन्छन् । उनले भने, सहकारी र सदस्य परिपुरक भएर कारोबार गर्ने हो भने, सहकारीले मानिसको घरबार बेहाल पार्ने होइन मानिसको घरबार जोड्ने हैसियत बनाउ छ ।

झापाको दमकमा केन्द्रिय कार्यालय भएको स्वर्ण लक्ष्मी साकोसको हाल झिलझिले, सुरुङ्गा, गौरादह र उर्लाबारीमा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

 

प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]