बैशाख १२, २०८१ बुधबार

इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् ।

कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता) सम्बन्धी औषधि सेवन गर्दै आउनुभएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  १० : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]