बैशाख ७, २०८१ शुक्रबार

सदस्यको स्वास्थ्योपचारमा ख्याल गर्दै धौलागिरी पारिजात सहकारी

बिर्तामोड । देशमा रहेको बेरोजगारी अन्त्य गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने विभिन्न क्षेत्रका अग्रज बताएका छन् । उनीहरुले देशमा सहकारीले पर्याप्त स्वरोजगारको वातावरण बनाउन सक्ने बताए ।

झापाको विर्तामोडमा १२ वर्ष अघिदेखि सञ्चालित धौलागिरी पारिजात सहकारीको १२ औं वार्षिक साधारणसभामा धारणा राख्ने बक्ताहरुले अब बैदेशिक राजगारीलाई रोक्न गरी सहकरीले योजान बनाउनुपर्ने धारणा राखेका हुन् । ‘सहकारीले गर्न नसक्ने केही काम छैन, अब उत्पादनसँग जोडिनु पर्छ र स्वरोजगार हुनुपर्छ’, सहकारी अभियन्ता हरिचरण बाँनियाले भने ,‘हनुमानलाई नदी पार गर्न सक्छौ भनेर अरुले भनेपछि मात्र लंका पुगे जस्तै हामी सहकारीकर्मी पनि पुँजी छैन भनेर बसेका छौं । हामीले सदस्यसँग भएको पुजीँलाई एकीकृत गरेर परिचालन गर्नुपर्छ ।’ कार्यक्रममा सहकारी अभियन्ता बाँनियाले रोजगारीका अवसर सिर्जना गरी समृद्ध मुलुक बनाउनु पर्ने बताए ।

सो अवसरमा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले धौलागिरी पारिजात सहकारी सहकारी अभियानमा अब्बल रहेको बताएका छन् । कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य गणेश पोखरेल, सहकारी बैंकका विर्तामोड शाखा प्रमुख मुना घिमिरे, स्वरोजगार कोषका सन्तोष सापकोटा लगायतले सहकारी अभियान सफल रहेको धारणा राखे । अधिकांश वक्ताले सहकारी अब नयाँशैलीबाट अघि बढेर आम नागरिकको जीवन सुधारमा जोड दिनुपर्ने बताएका थिए ।

सोहि अवसरमा सहकारीले बालबचत तर्फ बुद्धशान्ति २ कि असिस्मा श्रेष्ठ, क्रमिक बचत पाँच वर्षेमा बाह्रदशी ५ का मदन ओली, एकवर्षे बचतबाट बिर्तामोड १ कि लीला शिवाकोटी, साधारण बचतबाट हल्दिवारी १ कि पारुला मण्डल, सन्ध्याकालिन बचतबाट बिर्तामोड ५ का गोविन्द बहादुर कटुवाल र कर्जा लिएर उद्यम गर्नेहरुबाट बबिता मण्डललाई सम्मान सहित पुरस्कृत गरिएको छ ।
संस्थाले सदस्यहरुमा स्वास्थ्य तथा प्राकृतिक विपत्ति आएमा समेत आर्थिक सहयोग गर्दै आएको छ । गत आर्थिक वर्षमा ८ जनाले उक्त सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । गोल्धापका विनोद कुमार सुडिको परिवारलाई मृत्यू पश्चात राहत रकम वापत १ लाख दिइएको बताइएको छ । यस्तै, पित्तथैलीको अपरेशन, सुत्केरी खर्च र सामान्य उपचारमा सहयोग गरेको साधारणसभामा जानकारी दिइएको थियो ।

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता र सचिव युवराज ढकालले सञ्चालन गरेको साधारणसभामा आगामी कार्यकालका लागि नयाँ नेतृत्वलाई सपथ समेत गराइएको छ ।

संस्थाका चौथो कार्यकालका लागि पनि अध्यक्षमा कृष्ण पौडेल नै निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्षमा डिल्ली ओली, सचिवमा किशोर भट्टराई निर्वाचित भएका छन् । सदस्यहरुमा युवराज काफ्ले, डा. गौरिशंकर झा, रणदेव हजाम, पार्वता श्रेष्ठ, कमला सापकोटा सेढाईं, सुशील दाहाल, खड्ग दाहाल र सुमन खनाल निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा भुवन रिजाल र सदस्यमा राम श्रेष्ठ तथा डम्वर ढुङ्गाना रहेको निर्वाचन समितिले जनाएको छ । ३२ जनाबाट शुरु गरिएको सहकारीमा हाल ४ हजार १ ६३ सदस्य पुगेको व्यवस्थापक राजेश दाहालले जानकारी दिए ।

प्रकाशित मिति : पुष २९, २०७६ मंगलबार  १२ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]