बैशाख १२, २०८१ बुधबार

कृपया, घरघरमै बसौं

सम्पादकीय

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेको बेला नागरिकको तहबाट कुनै होसियारी अपनाइएको पाइदैन । नागरिक अझै पनि हदैसम्मको लापरबाही गरिरहेका छन् । सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आव्हान गर्न भनिसकेको छ । तर, व्यापारीको लोभ देखेर छक्क पर्ने अवस्था बनिसक्यो । चिनले सतर्कता अपनाउदा ठुलो क्षति हुन पाएन । त्यहि संक्रमणमा इटलीले लापरबाही गर्दा चिनभन्दा धेरै क्षति व्यहोर्नु परेको छ । बेलैमा सतर्कता नअपनाउदा यहाँ पनि इटलीकै हाल नहोला भन्न सकिन्न ।

सामान्य अवस्थामा दिनहरु वितेकै थिए । व्यापार व्यवसाय चलिरहेकै थियो । तर, यो विपत्तिमा समेत लालच देखाउनेहरुको रवैया सन्तोषलायक छैन । मुलुक यति ठुलो संकट सामना गर्ने तहमा पुगिसकेको छ । तर, नागरिक अझै होसमा आएका छैनन् । यो व्यवहारले नेपाली अनुशासनहिन देखिए । चिनले आफ्नौ करोडौं जनतालाई घरमै थुनेर राख्यो । जसका कारण आज चिन कोरानामुक्त बन्ने अवस्थामा पुगेको छ । यहि प्रकोपलाई सामान्य ठानेर लापरबाही गर्ने राष्ट्रहरु ठुलो समस्या झेलिरहेका छन् ।

अब पनि नेपालीले होसियारी नअपनाउने हो भने स्थिति सामान्य मात्र रहनेछैन । छिमेकी राष्ट्र भारतमा महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन छेकवारले संभव छैन । अन्य राष्ट्रमा यसको संक्रमण ठुलौ रुपमा फैलिए पनि नेपाल प्रभावित नहुन सक्थ्यो । तर, भारत नेपालका लागि यो मामिलामा जोखिम छ । रुसले जनतालाई कन्ट्रोल गर्न नसकेपछि शहरमा सिंह छोडेको भन्ने समाचारहरु आइरहेका छन् । स्थिति असामान्य भएपछि इटलीमा पछिल्लो समयमात्र सतर्कता अपनाइरहेको छ । यसैले नेपाली नागरिकले अब केहि दिन घरमै बसे हुन्छ । दुई चारदिनको आम्दानी नभए कुनै क्षति हुदैन । तर, जीवन बच्यो भने बाँकी जीवनभर कमाउन सकिएला । आफ्नो कारण अन्य नागरिकलाई जोखिम नबढाउ । घरघरमै सुरक्षित भएर बसौं ।

प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]