बैशाख १३, २०८१ बिहीबार

शिवसताक्षीको राहतकोषमा अमेरिकाबाट सहयोग

शिवसताक्षी । लकडाउनका कारण समस्यामा परेका शिवसताक्षीका अतिविपन्न परिवारलाई अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् ।

झापा शिवसताक्षी नगरपालिका थातथलो रहेर अमेरिकामा विभिन्न कामले बसेका युवाले २ लाख ३६ हजार ९ सय ७९ रुपैयाँ शिवसताक्षी नगर स्तरीय कोरोना कोभिड १९ राहत कोषमा जम्मा गरेका हुन् । यो रकम शिवसताक्षी नगरको कोरोना राहत कोषमा हाल सम्म जम्मा भएको रकम मध्ये सबै भन्दा धेरै हो । यस अघि नेकपा शिवसताक्षीले २ लाख १५ हजार कोषमा जम्मा गरेको थियो ।


शिवसताक्षी नगरपालिका वडा नम्बर ९ घर भई अमेरिकामा बस्दै आएका कैलास कार्की (सम्राट) नेतृत्वको समुहले रकम संकलन गरेको थियो । कार्कीका अनुसार विष्णु अधिकारी (झापाली), नैना कोइराला, दिपक खड्का, देवी भेटवाल र उर्मीला भेटवाल, रमेश राई र झल्का चापागाईले रकम संकलन गरेका थिए ।


यस्तै नविन ओख्रावो, दिनेश दुलाल, सम्राट कार्की, शोभा थापा, नरेन्द्र घिमिरे र लिला खतिवडाले १ हजार ९ सय १ अमेरिकी डलर संकलन गरेका थिए । सम्राटका अनुसार अमेरिकामै बसेकी नैना कोइरालाका परिवारले नेपाली रुपैयाँ १० हजार कोषमा जम्मा गरेकी थिईन ।
‘विपतमा गाँउ घरकै सम्झना र आफ्ना नगरका विपन्न परिवारको याद आउदो रहेछ । हामीले त जसो तसो खाएकै छौ । गाँउका विपन्न वर्गका मानिसले अन्न खान पाएकी पाएनन् । सधै चिन्ता मात्र लागि रहन्छ । यस्तो विपतमा आफ्नै स्थानीय सरकारको पनि याद धेरै आउदो रहेछ । यस्तो बेलामा गरिबका चुलोमा आगो बाल्नलाई सहयोग रकम पठाएका हौं ।’ सम्राटले भने ।
उनका अनुसार पहिलो चरणको राहत पठाइएको हो । अरु पनि रकम संकलन भएको छ । केही दिनमा पठाउने तयारी रहेको उनले बताएका छन् । रकम कोषमा बुझाउन दाता सम्राटका दाजु केदारसिंह कार्की र भाउजु मन्दिरा सहित मेलिना ओख्रावो आएका थिए । दाताहरु सबै राजधानी न्यूयोर्कमा बस्दै आएका छन् ।


नेपाल सरकारको एकद्धार प्रणालीबाट गरिबका घर सम्म पुग्ने गरी खाद्यान बितरण हुनेमा अमेरिकामा बस्ने दाता आसाबादी छन् । ‘खाद्यान्न अभावमा कोही पनि नगरका बासिन्दा भोकै बस्न नपरोस् भनेर हामी आफैले रकम उठाएर सहयोग गरेका हौं ।’ अमेरिकामा रहेका राष्ट्रिय रमणीय आदर्श माविका पुर्व शिक्षक देवि भेटवालले भने, ‘हामीपनि घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ । तपाईंहरु पनि लकडाउनको पूर्ण पालनागरी संक्रमणबाट जोगिनु होला । कोरोना कोभिड १९ को अचुक औषधी भनेकै घरमा बसेर लकडाउनको पालना गर्नु हो ।’

दाताले १० हजार नगदै र बाँकी रकम एनएमबी बैंकको चेक प्रदान गरेका थिए । रकम ग्रहण गरेपछि नगरप्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षी नगरले विश्वमा रहेका शिवसताक्षी नगरका बासिन्दाको विपतका बेलाको सहयोगलाई सदैव स्मरण गर्ने बताए । उनले भने, गहकिलो सहयोग गर्नुभयो । नगरले पनि तपाईहरुलाई कुनै न कुनै माध्यमबाट सम्झने छ ।’ नगरप्रमुख शेर्माले दातालाई धन्यवाद पत्र समेत प्रदान गरेका थिए ।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]