असार १६, २०८२ सोमबार

बिर्तामोडको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बिर्तामोड । बिर्तामोड नगरपालिकाको दोस्रो नगर सभाको सातौँ अधिवेशनको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटसहित विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको छ । नीति तथा बजेट पारित र प्रतिवेदनहरूको अनुमोदनः नगर सभाका सभाध्यक्षबाट


अर्जुनधारा सर्वेक्षण : ५३ प्रतिशत नगरवासी वडा कार्यालयको सेवाबाट सन्तुष्ट

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा गरिएको एक सर्वेक्षणले ५३ प्रतिशत नगरवासीहरु वडा कार्यालयहरुको सेवाबाट सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ । हालै इजलास मिडिया प्रालिले वडा–वडामा गरेको नागरिक अभिमत सर्वेक्षणमा वडा कार्यालयबाट पाएको सेवाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने जिज्ञासामा ५३ प्रतिशत नगरवासीले सन्तुष्ट रहेको प्रतिक्रिया


मुख्य समाचार

आँप मेलामा रु १० लाखभन्दा बढीको कारोबार

महेन्द्रनगर(धनुषा), १६ असारः धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ । यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको  प्रवद्र्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो । दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गर्नुभएको र रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिनुभयो

जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो : मन्त्री सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन । सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठिक छैन भन्ने भ्रम पैदा गर्नेहरुलाई कडा जवाफ हुने बताए । उनले भने, ‘अहिले जनप्रतिनिधिहरुले काम गरेन भन्ने […]

सामाजिक
बिर्तामोडमा ‘हेल्थ टुरिजम मार्ट’ सम्पन्न

बिर्तामोड – कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको सम्भावना र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको आयोजनामा दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ शनिबार सम्पन्न

पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट रु १८ अर्ब चार करोड ६० लाख मूल्य बराबरको

जोरसिमलबाट साढे तीन लाखको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामान बरामद

बिर्तामोड । सशस्त्र प्रहरी बल नेपालले अवैध रुपमा नेपाल ल्याइएको मोबाईल पार्टस तथा इलेक्ट्रोनिक्स सामानहरु बरामद गरेको छ । आज

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]