कोलम्बोस्थित एक होटलमा पुन: विस्फोट, राजधानीमा अनिश्चितकालीन कर्फ्यू, सामाजिक सञ्जाल चलाउन रोक

श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।
उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ।
दिउँसो पुन: विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।
साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ।
य