बिर्तामोडमा नेटवर्किङ धन्दा : चिकित्सक भनिनेविरुद्ध म्याद थप, ३९ जना छुटे

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५, मित्रनगरमा स्वास्थ्य उपचार तथा परीक्षणको नाममा सर्वसाधारणलाई भ्रममा पारी फुड सप्लिमेन्ट्स बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले एक घरको दोस्रो फ्ल्याटमा छापा मारेको थियो । उक्त फ्ल्याट बाहिर ‘अर्जुनधारा मल्टिप्रपोज’ को बोर्ड राखिएको भए पनि…