गौरादह । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा युवालाई लागूऔषधविरुद्ध सचेत गराउने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको हो । स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह १ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ ।…