विद्यालयमै नर्स र प्याडको सुविधाः महिनावारीले रोकिँदैन छात्राहरूको पढाई

सिर्जना परियार बिर्तामोड । बिर्तामोडका सामुदायिक विद्यालयमा सेनिटरी प्याडको व्यवस्थापनसँगै छात्राहरूलाई महिनावारी व्यवस्थापनमा सहज हुन थालेको छ । विद्यालय नर्सको उपस्थितिले छात्राहरुलाई झनै सजिलो भइरहेको छ । केही वर्षअघिसम्म महिनावारीलाई लुकाउनुपर्ने र विद्यालयमा प्याड नपाउँदा घर फर्किनुपर्ने बाध्यता हटेर गएको छात्राहरूको धारणा छ । विद्यालयमा खानेपानी, शौचालय तथा सेनिटरी प्याड भेन्डिङ मेसिनको व्यवस्थासँगै गरामनीस्थित दुर्गा…