मेची उद्योग बाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाईं निर्वाचित

मेचीनगर । मेची उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा खेमराज प्रसाईं अध्यक्ष पदमा निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार अन्तिम मतपरिणाममा प्रसाईंले ७७३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी किशोर (कपिल) क्षेत्रीले ७३३ मत प्राप्त गरे। अध्यक्ष पदमा विजयी प्रसाईं र क्षेत्रीबीच ४० मतको अन्तर रहेको…