काठमाडौं, १७ भदौ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने आजको बैठकमा प्रस्तुत गर्न तीन वटा मुख्य कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित…