स्थानीय विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण

झापा । झापाको हल्दिबारीमा स्थानीय तहको समग्र विकास, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्थालाई प्रभावकारी बनाउन पत्रकारिताको भूमिका अझ सशक्त हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ग्रामीण प्रेस क्लब झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको सहकार्यमा ‘स्थानीय तहको समग्र विकासमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार हल्दिबारी–२ स्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा सम्पन्न भएको छ ।…