शिवसताक्षीमा ढकमक्क सयपत्री

सरोज भट्टराई शिवसताक्षी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रममा सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारलाई लक्षित गरी स्थानीय महिला दिदीबहिनीहरूले लगाएको सयपत्री फूलखेती यतिबेला आकर्षक बनेको छ । फूलले बारी नै पहेँलपुर बनेपछि महिला किसानहरूमा उत्साह थपिएको छ । स्थानीय महिलाहरूले ६ कठ्ठा क्षेत्रफलमा करिब १० हजार सयपत्रीका…