रोहित काफ्ले भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पदक विजेता झापाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । समितिले पदक ल्याउने खेलाडीका प्रशिक्षकहरुलाई पनि सम्मान गरेको छ । सोमवार भद्रपुरस्थित जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित समारोहका बीच पदकधारी खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । सोही समारोहमा झापा…