मदन राजवंशी झापा । जनप्रतिनिधि आफैं सार्वजनिक सम्पत्तिको संरक्षक हुनुपर्नेमा झापाको गौरीगञ्ज गाउँपालिकामा बहालवाला वडाध्यक्षले नै सरकारी जग्गा कब्जा गरेर निजी पक्की घर बनाइरहेको खुलासा भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. ६ का बहालवाला वडाध्यक्ष बद्रीनारायण यादवले साबिक खजुरगाछी गाउँपञ्चायतको अधिनमा रहेको ३ कठ्ठा सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिगत पक्की घर निर्माण थालेका हुन्…