झापामा पशुबली र सार्वजनिक स्थलमा वध रोक्न प्रशासनको ध्यानाकर्षण

बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्य समिति झापाले चाडपर्वका समयमा धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा हुने पशुबलि तथा अव्यवस्थित पशु वधलाई रोक्न माग गर्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । संस्थाले धर्मको मूल मर्म करुणा, दया, अहिंसा र प्राणीप्रतिको सद्भाव भएको उल्लेख गर्दै देवीलाई प्रसन्न पार्ने नाममा पशुपन्छीमाथि…