जेष्ठ ३, २०८१ बिहीबार

कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।

बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्। 

आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ४ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]