जेष्ठ ३, २०८१ बिहीबार

नोबेलमा निको भए तीन सय कोरोना संक्रमित

विराटनगर – नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आइसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको भएर घर फर्किएका हुन् ।

 कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका र अस्पतालमै उपचारका क्रममा संक्रमण पुष्टि भएका ३ सय ९५ संक्रमित नोबेलको आइसोलेशनमा भर्ना भएका छन् । जसमध्ये २ सय ६७ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको नोबेल मेडिकल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले जानकारी दिए । 

‘सरकारले उपचारको जिम्मा नलिएका बेला कतिपय कोरोना संक्रमितलाई अत्यन्त्यै गम्भीर अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याईएको थियो ।’ उनले भने–‘घरमा र अरु अस्पतालमा केही उपाय नलागेर ल्याईएका गंभीर अवस्थाका केही संक्रमितको मृत्यु भएको छ । बाँकी अधिकांस संक्रमित निको भएर राम्रोसँग घर फर्किनु भएको छ ।’

नोबेलमा गत भदौ महिनाबाट कोरोना संक्रमितको उपचार थालिएको हो । कोरोना संक्रमित भर्ना हुँने र निको हुँने क्रम चलिरहेको नोबेलमा अहिले पनि ३३ जना संक्रमित उपचाररत छन् । उपचाररत कोरोना संक्रमितहरुले नोबेलमा राम्रो उपचार पाएको बताएका छन् । संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आईशोलेशनमा उपचार गराई संक्रमणमुक्त भएका रंगेलीका मदनकुमार दाहालले आफु उपचारबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए ।

नोबेलमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको सुविधासहितका १ सय ५० बेड छुट्याईएको छ । गंभीर अवस्थाका संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका ३० बेडको व्यवस्था मिलाईएको नोबेल अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ३ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]