बैशाख २५, २०८१ मंगलबार

बिद्यालयका फोकल पर्सनलाई तालिम

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान अन्तर्गत नगर भित्रका बिद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगरका सामुदायिक, संस्थागत र धार्मिक बिद्यालयका शिक्षक प्रतिनिधि ‘फोकल पर्सन’ हरुको सहभागिता रहेको थियो ।

प्रदेश एककै पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाका बाल क्लब फोकल पर्सन दिपक पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा प्रशिक्षार्थीहरुले बिधालयमा बाल क्लब गठन गरिएता पनि प्रकृयाको बिषयमा अन्योल अवस्थामा रहेको बताएको थिए । सोही क्रममा प्रशिक्षण दिदै प्रशिक्षक पाण्डेले बालमैत्री बिधालय हुनलाई चाहिने सुचकहरु र आवश्यक बिषयमा प्रष्ट पारेका थिए ।

प्रशिक्षण कार्यक्रमले बाल क्लब गठन र यस्का कार्यबिधीको बिषयमा प्रष्ट भएको बताउदै फोकल पर्सनहरुले महत्वपूर्ण जिम्मेवारी पाएको बताउदै नगरको बिधान अनुसार अघि बड्न प्रेरित भएको जनाएका छन । बालबालिका तथा शिक्षा संचार मंचसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्ध भएर काम गर्ने उद्घोष गरेका छन् ।

बालबालिका तथा शिक्षा संचार मंञ्च नेपालका संयोजक सरोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य प्रकाश पौडेलको स्वागत गरेका थिए भने संचालन सुष्मा त्रिखत्रीले गरेकी थिइन् ।

प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]