जेष्ठ ६, २०८१ आईतबार

विर्तामोडमा झुलभित्र सडिएको अवस्थामा शव फेला

विर्तामोड । झापाको विर्तामोड–१ दुर्गाटोलमा वेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार पूर्ण रुपमा सडिएको अवस्थामा शव फेला परेको छ ।

खाली रहेको कुखुरा फर्मभित्र झुलले बेरिएको अवस्थामा शव फेला परेको बताइएको छ । शवको प्रकृति हेर्दा पाँच दिनभन्दा अघि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । पुरै सडिएका कारण शवको पहिचान गर्न नसकिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । शवको पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । सो शव बारे शनिवार साँझ प्रहरीलाई जानकारी गराइएको थियो ।

प्रकाशित मिति : चैत्र १५, २०७७ आईतबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]