जेष्ठ ६, २०८१ आईतबार

दमकमा यौनधन्दा चलाउने दुई महिला पक्राउ, आठ जनाको उद्धार

विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले महिलाहरुलाई बेश्यावृत्तिमा लगाएको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पथरीशनिश्चरे–३ कि ३८ वर्षीया उर्मिला नेम्वाङ र चुलाचुची–४ बस्ने ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध मानव वेचविखन मुद्दा दर्ता भएको छ ।

झापाको दमक–६ सब्जी मण्डी क्षेत्रमा घर भाडामा लिई उनीहरुले बेश्यावृत्ति धन्दा चलाउदै आएको प्रहरीको भनाई छ । १७ देखि ३९ वर्षसम्मका महिलाहरुलाई रोजगारी दिने नाममा यौनधन्दामा लगाएको पीडित महिलाहरुको आरोप छ । काम खोज्दै आउने वेरोजगार महिलाहरुलाई नेम्वाङ र साँवाले यौनधन्दामा लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पीडित ८ जना महिलाको वयान जिल्ला अदालतमा प्रभाणित गराई परिवारलाई जिम्मा लगाएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । दुवै विरुद्ध मानव वेचविखन मुद्दा दर्ता गरि म्याद समेत थप गरेर आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाको भनाई छ ।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]