जेष्ठ ६, २०८१ आईतबार

घाँस काट्न जाँदा हराएका सातै जना भारतमा भेटिएको सूचना

जनकपुरधाम । मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएको सूचना प्राप्त भएको छ । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामरीमा भेटिएको सूचना प्राप्त भएको न्युज २४ नेपाललाई बताए ।

मेयर साहले बताएअनुसार घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु मंगलबार दिउँसो बेपत्ता भएका थिए । उनीहरु हराएको सूचना प्राप्त भएसँगै खोजीका लागि निरन्तर प्रहरीको टोलीले खटिएको थियो ।

बुधबार बिहान ती बालिका र किशोरीहरु भारतको सितामरीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भारततर्फ हराएकाहरुको पहिचान र उद्धारका लागि गइसकेको मेयर साहले बताए । उनलेभ भने, ‘मंगलबार राति अबेरसम्म खोजिए पनि हराएकाहरुलाई भेटन् सकिएन । तर, बुधबार बिहान भारतको सितमरामा रहेको सूचना प्राप्त भएसँगै त्यसतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली प्रस्थान गरिसकेको छ ।’

मेयर साहका अनुसार घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् । गाउँमा एकै पटक ७ जना बालिका र किशोरी हराएपछि सिँगो गाउँ नै त्रसित भएको छ ।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]